लण्डन । बेलाउतमा कोरोना भायरस संक्रमणबाट मृत्यु हुने मानिसहरूको संख्या बढेर २६ हजार नाघेको छ। यस्तै १ लाख ७१ हजार भन्दा बढि मानिस संक्रमित बनेका छन्।
प्रधानमन्त्री बोरिस जोनसनले स्वास्थ्यलाभ पछि आज पहिलोपटक कोरोना महामारीको पछिल्लो स्थिति बारे जानकारी दिएका छन्।
कोरोना संक्रमणपछि हालै अस्पतालबाट डिस्जार्च भएका प्रधानमन्त्री बोरिस सोमबारदेखि नियमित काममा फर्केका थिए।
प्रधानमन्त्री जोनसोनले लामो समयसम्म टाढा बस्नु परेकोमा माफी मागे।
मृतकको संख्याबारे जानकारी दिँदे उनले भाइरसलाई हराउने संकल्प पनि प्रगाढ हुँदै गइरहेको बताए।
UK PM @BorisJohnson has said "we are past the peak of this disease" and we are "on the downward slope". pic.twitter.com/VwUkZacs6H
— CGTN Europe (@CGTNEurope) April 30, 2020
गत महिना मार्च २७ मा कोरोना पोजिटिभ पाइएपछि प्रधानमन्त्री जोनसन एक महीना कामबाट बाहिरिएका थिए।
अप्रिल २७ मा काममा फर्केपछि उनले बिहीबार पहिलो पटक क्याबिनेट बैठक बोलाएका थिए।