काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेल नेतृत्वको परीक्षा समितिले शिक्षा मन्त्रालयलाई आफ्नो प्रतिवेदन बुझाएको छ।
बिहिबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई अध्यक्ष पौडेल नेतृत्वको सुझाव समतिले प्रतिवेदन बुझाउँदै जेठ अन्तिम साता परीक्षा गर्न सकिने सुझाव दिएको छ।
प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ।
वैशाख २५ गते भित्र सम्म कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशन गर्ने र २५ पछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गरेर प्रकिया अगाडि बढाउन मिल्ने समितिको सुझाव छ।
विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी पक्ष केन्द्र बनाउने सुझाव प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदन बुझ्दै मन्त्री पोखरेलले उक्त प्रतिवेदन उच्च स्तरीय समिती र क्याबिनेट बैठकमा लगेर जाने बतानु भएको छ।