रणबीरले फोटो सेयर गर्दै सम्झे बुबा ऋषि कपुरलाई, आलिया बनिन् भाइरल

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ४ : ४५


मुम्बई । बलिउडका प्रसिद्ध अभिनेता ऋषि कपुरको निधनले सम्पूर्ण फिल्मप्रेमी शोकमग्न छन्।

अभिनेता कपुरको बिहिबार मुम्बईको एक अस्पतालमा निधन भएको हो।

थोरै मानिसहरुको उपस्थितिमा बिहिबार दिउसोनै मुम्बईमा उनको दाहसंस्कार गरियो।

अन्तिम विदाइमा आफन्त लगायत रणबीर कपुरकी प्रेमिका आलिया भट्ट पनि उपस्थित थिइन्।

दिवंगत अभिनेता ऋषि कपुरका सबै आफन्त अन्तिम भेटका लागि उस्थित थिए। तर, रणबीरकी बहिनी रिद्धिमा कपुरले भने आफ्ना पितासँग अन्तिम दर्शन गर्न पाइनन्।

दिल्लीमा रहेकी उनले लकडाउनले गर्दा अन्तिम विदाईमा सहभागी भइनन्।

मुम्बई पुग्नु अगावै अन्त्येष्टि गरिने भएपछि उनले भिडियो कल मार्फत नै भएपनि आफ्ना पिताको अन्तिम दर्शन गरिन्। र आलिया भट्ट रिद्धिमासँग कलमा जोडिएकी थिइन्। यही तस्विरलाई लिएर कतिपयले आलिया भट्टले मोबाइल चलाएको अर्थमा बुझिरहेका छन्।

आलियाले रणबीरका बुबाप्रति इन्स्टाग्राम मार्फत समेत विशेष श्रद्धाञ्जली अर्पण गरेकी छिन्।

लामो समवेदना सन्देश जारी गर्दै आलियाले अभिनेता ऋषि कपुरलाइ आफूले एक साथी, सिनेमा प्रेमी, चाइनिज खाना मनपराउने व्यक्ती, लडाकु, नेता, सुन्दर कथाकार, र बुबाको रूपमा चिन्ने उल्लेख गरेकी छिन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

❤️❤️❤️

A post shared by Alia Bhatt ☀️ (@aliaabhatt) on

आलियाले दिवंगत अभिनेता ऋषि कपुरको तस्विर इन्स्ट्राग्रामको अर्को पोस्टमा राख्दै लेखेकी छन् ''लभ यु''

 
 
 
 
 
 
 
 
 
 
 
 
 

love you ❤️

A post shared by Alia Bhatt ☀️ (@aliaabhatt) on

अभिनेता रणबीर कपुरले आफू बालक छँदा काखमा समाएको पितासँगको भावुक फोटो सेयर कुनै शब्द उल्लेख नगरि सेयर गरेका छन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

❤️

A post shared by Ranbir Kapoor (@__ranbir_kapoor_official__) on

अभिनेता ऋषि कपूर सदाका लागि बिदा भएपनि उनले छाडेर गएका हजारौं उपहारहरुले प्रियजनहरु उनलाई सम्झिरहेनछन्।


प्रतिक्रिया दिनुहोस्