इरफान खानकी पत्नी सुतापाले तस्विर पोस्ट गर्दै यस्तो लेखिन्

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ३ : ३५


नयाँ दिल्ली । बलिउड अभिनेता इरफान खानको निधनले सिनेमा क्षेत्रमा शोक छाएको छ।

बुधबार अल्पायुमै खानको निधन भएको खबरले बलिउडकर्मी तथा फिल्मप्रेमीहरु शोकमग्न छन्। अभिनेता खानको परिवारको परिवारका लागि प्रार्थना गरिरहेका छन्। 

अमिताभ बच्चन, आमिर खान, शाहरुख खान, सल्माम खान, अक्षय कुमार लगायत धेरै कलाकारहरूले खानको निधनमा शोक व्यक्त गरेका छन् र ठूलो क्षति भएको बताएका छन्।

इरफान खानकी पत्नी सुतापा सिकदारले आफ्ना पतिको निधन पछि पहिलो पटक सामाजिक सञ्जालमा एक पोस्ट गरेकी छन्।

सुतापाको पोस्टबाट उनमा रहेको आत्मशक्ति झल्किन्छ। अल्पायुमै जिवनसाथी गुमाउँदाको पीडा कति हुन्छ होला? केवल अनुमान गर्न सकिन्छ।

सुतापाले इरफानसँगको फोटो राख्दै पोस्टमा लेखेकी छन्,''मैले गुमाइन्, हरेक तरिकाले हासिल गरेकी छु…''

विगत २ बर्षदेखी न्यूरोएन्डोक्राइन ट्यूमरबाट पीडित इरफानको बुधबार निधन भएको हो। सन् २०१८ मा उनले आफू उक्त रोगको सिकार भएको जानकारी दिएका थिए।

करिब १ बर्षपछि उनी भारत फर्केका थिए। उपचारपछि उनी केही समय बलिउडबाट टाढा रहे।

लण्डनबाट स्वस्थ्य बनेर भारत फर्केपछि उनले अंग्रेजी मिडियम फिल्मको सुटिंग सुरु गरेका थिए।

करिब ७ महिना अघिको उक्त चलचित्रनै खानको अन्तिम चलचित्र बन्न पुग्यो।

निधन भएका खानको शवलाई हिजो मुम्बईको वर्सोवा कब्रिटनमा दफनाइएको छ। करोडौं फ्यान कमाएका खानको अन्तिम बिदाइमा लकडाउनका कारण मात्र २० जना उपस्थित थिए।


प्रतिक्रिया दिनुहोस्