रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ।
वेवारिसे बम पड्किएर चार जना बालबालिकाको मृत्यु भएको खबर आएपछि थप अनुसन्धानका लागि नेपाली सेना र प्रहरीको टोली घटनास्थलतर्फ लागेको छ।
रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले घटनास्थलमा नेपाली सेना र प्रहरीको टोली पठाइएको बताउनुभयो।