रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  २ : ४१


रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन्। गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका थिए। 

उक्त बम विस्फोटमा परी चार बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी–२ का वडाध्यक्ष  कविराज बुढाले जानकारी दिनुभयो। मृत्यु हुनेमा सातदेखि ११ वर्ष उमेरका तीन बालक र एक बालिका रहेको उहाँले जानकारी दिनुभयो।

घटनास्थलमा बम पनि रहेकाले डिस्फोजका लागि दहवनस्थित नेपाली सेनाको टोली घटनास्थलतर्फ आउँदै गरेको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो । घटना भएको प्रहरीले पुष्टी गरेको छ। घटना भएको जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बताउनुभयो। के कति कारणले घटना भयो केही समयपछि थाहा हुने उहाँले जानकारी दिनुभयो। 


प्रतिक्रिया दिनुहोस्