अभिनेता ऋषि कपुरको गरियो अन्त्येष्टि, छोरीले गर्न पाइनन् अन्तिम भेट

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ११ : ५०


मुम्बई । बिहिबार निधन भएका भारतका प्रख्यात अभिनेता ऋषि कपुरको अन्तेष्टि गरिएको छ।

अभिनेता कपूरको मुम्बईको चन्दनवाडी मसानघाटमा दिउसो सदगत गरिएको हो। 

उनका छोरा एवं अभिनेता रणबीर कपुरले दागबत्ति दिएका थिए। र अन्त्येष्टिको सबै प्रकिृया पुरा गरिएको छ।

लकडाउनको कारण प्रहरीले केही नजिकका मानिसहरूलाई अन्त्येष्टिमा सम्मिलित हुन अनुमति दिएको थियो।

दिवंगत अभिनेता ऋषि कपूरकी छोरी रिद्धिमा कपुर दिल्लीमा रहेका कारण उनले आफ्ना बुबासँग अन्तिम भेट गर्न सकिनन्।

लकडाउनका कारण समस्या भएकी रिद्धिमालाई दिल्ली प्रहरीले सवारी पास दिएको थियो। तर, उनी अन्त्येष्टिमा पुग्न पाइनन्।

२ बर्ष देखि क्यान्सर सँग संघर्ष गरिरहेका अभिनेता कपुरको बिहिबार विहान मुम्बईमा उपचारका क्रममा निधन भएको हो ।

दिवंगत अभिनेता कपुरको अन्त्येष्टिमा उनको परिवारका लगभग सबैजना उपस्थित थिए। 

भतीजी करिना कपूर, सैफअली खान, भतिजा अरमान जैन, कुणाल कपुर, छोरा रणबीर कपुर, पत्नी नीतु कपुर, भाई रणधीर कपुर शामिल थिए। 

उनीहरू बाहेक आलिया भट्ट, अभिषेक बच्चन, ऐश्वर्या राई बच्चन लगायतका केही व्यक्ति पनि अन्त्येष्टिमा उपस्थित थिए।

सन् २०१८ को सेप्टेम्बरमा ऋषि कपूरलाई क्यान्सर रोग लागेको थाहा भएको थियो।

त्यसबेलादेखि लगातार क्यान्सरको उपचार गर्दै आएका अभिनेता ऋषि कपुरले बिहिबार अस्पतालमा अन्तिम सास फेरे र सदाका लागि बिदा भए।

स्वास्थ्यमा समस्या आएपछि कपुर बुधबार अस्पताल भर्ना भएका थिए। हिजो अस्पतालमा रहँदासम्म स्वास्थ्यमा धेरै समस्या नरहेको देखिएका उनको असमायिक निभन भएको हो।

अस्पतालमा रहदा खिचिएको भनिएको एउटा भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।


प्रतिक्रिया दिनुहोस्