नयाँ दिल्ली । बलिउड अभिनेता ऋषि कपुरको निधनले सिनेमा क्षेत्र शोकमग्न बनेको छ।
विगत २ बर्षदेखि ब्लड क्यान्सरसँग संघर्ष गरिरहेका दिग्गज अभिनेता कपुरको बिहिबार बिहान निधन भएको हो।
ऋषि कपुरको निधनपछि उनको परिवारले एक सन्देश सार्वजनिक गर्दै कोरोना भाइरस संक्रमणका कारण भारतमा जारी लकडाउनलाई पालना गर्न उनका फ्यानलाई अपिल गरेको छ।
परिवारले अभिनेता कपूरले आफ्नो जीवनको अन्तिम क्षणहरूमा पनि डाक्टर र मेडिकल स्टाफलाई मनोरन्जन दिइरहेको सन्देशमा उल्लेख छ।
सन्देशमा भनिएको छ, ''उपचारको क्रममा पनि उनको ध्यान परिवार, साथी, खाना र चलचित्रहरूमा थियो। विश्वभरका फ्यानबाट मिलेको साथ र मायाका कारण उनी उत्साहित थिए। आफ्नो निधन पश्चात फ्यानले आफूलाई आँशुले होइन कि हाँसोले संझिउन् भन्ने ऋषिको चाहना थियो।''
अस्पतालमा रहेका बेला अभिनेता कपुरले अन्तिम भिडियोमा के भनेका थिए ? हेर्नुहोस्
Last moment of Shri #RishiKapoor Listening to his evergreen songs today as a tribute. Om Shanti?#riprishikapoor #RIPLegendRishiKapoor pic.twitter.com/W322LTqTrc
— Sapna Kaushik (@advsapnakaushik) April 30, 2020
अभिनेता कपुरको असमायिक निधनमा परिवारका तर्फबाट जारी गरिएको सन्देश सबै सदस्यले पोस्ट गरेका छन्।
नितु कपुरले सामाजिक सञ्जाल इन्स्ट्राग्राममा पति ऋषि कपुरसँगको अन्तिम समयमा खिचेको सेल्फी तस्विर धेरैले सम्झिरहेका छन्
छोरा रणबिर कपुरले पनि इन्स्ट्राग्रामको स्टोरीमा पितालाई यसरी सम्झेका छन्।
ऋषिकी छोरी रिद्दिमा कपुरले पनि सामाजिक सञ्जालमा भावुक तस्विर राख्दै आफ्ना पितालाई सम्झेकी छिन्।
अभिनेत्री सोनम कपुरले आफ्ना काका ऋषि कपुरलाई सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली व्यक्त गरेकी छन्।