‘अपहरण’मा परेको भन्दै सांसदले आयोगमा दिए उजुरी

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ९ : ०६


 काठमाडौं । 'अपहरण'मा परेको भन्दै जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले आफूलाई मानव अधिकार आयोगमा उजुरी दिएका छन्।

बिहिबार सांसद यादवले ‘अपहरण’ गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताए।


प्रतिक्रिया दिनुहोस्