वासिंगटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कोरोना भाइरस विरुद्धको लडाईमा क्युवासँग सहयोग मागेकोमा दक्षिण अफ्रिकाको आलोचना गरेका गरेका छन्।
क्युवाबाट करिब २०० स्वास्थ्यकर्मीहरूको टोली आइतबार दक्षिण अफ्रिका पुगेको छ।
उक्त टोलीमा महामारी रोग विशेषज्ञ, चिकित्सक, जिव प्रौद्योगिकी विज्ञ र स्वास्थ्य क्षेत्रका धेरै विज्ञहरू सामेल छन्।
समाचार एजेन्सी एएफपीका अनुसार माइक पोम्पीओले क्युवालाई महामारीबाट फाइदा उठाउन खोजेको आरोप लगाएका छन।
ट्विटमा पोम्पेओले ब्राजिल, इक्वेडर, बोलिभियालगायत देशहरूले क्युवाली सरकारको सहयोगलाई अस्वीकार गरेमा प्रशंसा गरेका छन्।
क्युवाका राष्ट्रपति मिगुल दाज कनेलले ट्वीट मार्फतनै पोम्पिओको टिप्पणीप्रति प्रतिक्रिया व्यक्त गरेका छन्।
उनले भनेका छन्, ''अमेरिकाले जानाजानी झुट बोल्छ। जहिलेपनि अमेरिकाले क्युवाको अन्तर्राष्ट्रिय स्वास्थ्य सहयोग सन्धिहरूलाई झूटा र गलत आरोप लगाउँने गरेको छ।''