बालक ऋषि कपुर काखमा लिएको तस्बिर सेयर गर्दै भावुक बनिन् लता मंगेश्कर

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ६ : ५५


मुम्बई । बलिउडनका चर्चित अभिनेता ऋषि कपुरको निधनले फिल्मप्रेमी तथा सम्पूर्ण फिल्म जगत स्तब्ध बनेको छ।

अभिनेता ऋषि कपुरको क्यान्सरका कारण बिहिबार निधन भएको हो । 

बुधबार स्वास्थ्यमा समस्या आएपछि उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो।

पारिरिक स्रोतका अनुसार क्यान्सर सँगै लड्दै आएका उनलाई सास फेर्न गाह्रो भइरहेको थियो। त्यसपछि अस्पतालमा भर्ना गरिएको थियो।

अभिनेता कपुरले अस्पतालमै अन्तिम सास फेरे ।

बुधबारमात्र अर्का अभिनेता इरफान खानलाई गुमाएको बलिउडले आज बिहीबार अर्का दिग्गज अभिनेता गुमाउनुपर्‍यो। 

दिग्गज अभिनेताको निधनप्रति कलाकार तथा फिल्मप्रेमीहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

बलिउड गायिका लता मंगेश्करले ट्वीट मार्फतबाट  बालक ऋषि कपुर आफ्नो काखमा रहेको फोटो सेयर गर्दै स्तब्ध बनेको बताएकी छन्।

लताले लेखेकी छिन्–‘केही समय पहिला मलाई ऋषिले यो तस्वीर पठाएका थिए। मलाई ती दिनहरुको याद आइरहेको छ। म शब्दबिहिन भएकी छु।’

ऋषिको जन्म भएसँगै उनलाई हुर्काएको र उनीसँग खेलेको भन्दै लता भावुक भएकी हुन।

ऋषिलाई बलिउड नायक तथा राजनीतिज्ञहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्