भद्रगोलका बेलासे कोरोना संक्रमित

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ५ : ५५


चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलका निर्माता तथा कलाकार सुवास कार्की (बेलासे) कोरोना भाइरस (कोभिड १९) संक्रमित बनेका छन्। करिब २ वर्षदेखि लण्डनमा बस्दै आएका उनमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। 

कोभिड-१९ पुष्टी भएपछि सुवास हाल लण्डनस्थित निवासमै सेल्फ आइशोलेशनमा छन्। लण्डनमा कोरोना संक्रमण फैलिन थालेपछि कतिपय मानिस नेपाल फर्के पनि आफू यहाँ राम्रो उपचार हुने ठानी उतै बसेको बताएका छन्। 

श्रीमती अस्पतालमा कार्यरत रहेका कारण सानी छोरीका लागि दुधलगायतका खाद्य पदार्थ खरिद गर्न सँधै आफू भिडभाडमा जाने गरेका थिए। उक्त भीडभाडका कारण नै आफूलाई कोरोना संक्रमित भएको हुनसक्ने उनको आशंका छ। 

सुवासले आफ्ना मनमा खेलेका सबै कुरा पत्नीलाई सेयर गर्न नसकेको बताउँदै बरु एउटा डायरीमा लेखेर राखेको पनि सुनाए। उनले आफूलाई दिनप्रतिदिन गाह्रो हुँदै गएका कारण बेडबाट उठ्नै नसक्ने अवस्थामा पुगेको पनि बताएका छन्। आफूलाई सन्चो नभएको थाहा पाएपछि आफन्त तथा साथीभाइबाट हैसला पाइरहेको उनले सुनाए।


प्रतिक्रिया दिनुहोस्