बिवाह बिनै आमा बनिन् १७ वर्षीय किशोरी, अपरेशन थिएटरमै लगाइन् फाँसी

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ५ : २५


बिवाह बिनै आमा बनेकी केही किशोरीले शिशुको जन्मपछि अपरेशन थिएटरमै आत्महत्या गरेकी छिन्। मृतक किशोरीबाट जन्मिएका शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। 

घटना भारतको मध्ये प्रदेशस्थित रीवा जिल्लाको हो। रीया मुख्यालयदेखि ९० किलोमिटर टाढा चाकघाटकोमा घटेको उक्त घटनामा मंगलबार राति किशोरी एक्लै नर्सिङ होममा पुगेकी थिइन्। डाक्टरले घटनाका बारेमा नबुझदै महिलालाई प्रसव पीडा भयो र उनले शिशुको जन्म दिइन्।  

अस्पतालले ती किशोरीलाई सानो अपरेशन थिएटर जस्तो लेबर रुपमा शिफ्ट गर्यो। उनको रेकदेखका लागि एक जना पनि साथमै थिइन्। केही समयपछि किशोरीले ती महिलालाई पानी ल्याउन बाहिर पठाइन् र आफूले थिएटरभित्र दोपट्टाले फाँसी लगाएर आत्महत्या गरेको अस्पताल स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

जानकारी पाएलगत्तै घटना स्थल पुगेको प्रहरी टोलीले परिवारजनका बारेमा पत्ता लगाएर शवको जिम्मा लगाएको छ। परिवारलाई किशोरी गर्भवती भएको कुरा थाहा नभएको बताइएको छ। प्रहरीले घटना बारे अनुसन्धान भइरहेको बताएको छ। 


प्रतिक्रिया दिनुहोस्