फेरि बलिउडका अर्का चर्चित अभिनेता कपुरको निधन

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ४ : २२


बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ। अमिताभ बच्चनले ट्वीट गर्दै कपुरको निधन भएको जानकारी दिएका हुन्। स्वास्थ्य बिग्रिएका कारण उनलाई बुधबार बिहान मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो। 

क्यान्सरबाट ग्रसित ६७ वर्षीय कपुरलाई सास फर्न समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका दाइ रणधीर कपूरले बताएका थिए। 

अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए। यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।

हिजो बुधबार पनि बलिउडका चर्चित नेता इरफान खानको निधन भएको थियो। इरफानको निधनपछि शोकमा डुबेको बलिउडमा फेरि अर्को शोक थपिएको छ। 

यो पनि

चर्चित बलिउड अभिनेता खानको निधन

 


प्रतिक्रिया दिनुहोस्