काठमाडौं । रेडियो नेपालका बोर्ड सदस्य पत्रकार दीपक पाठक साइबर अपराध आरोपमा पक्राउ परेका छन् ।
प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा झापा घर भएका पाठकलाई पक्राउ गरेको हो ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।