विदामा रहेका कामदार कोरिया लैजाने कार्यक्रम स्थगित

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ४ : ००


काठमाडौं । विदामा रहेका नेपाली कामदारलाई विमान चार्टर्ड गरेर दक्षिण कोरिया लैजाने कार्यक्रम स्थगित गरिएको छ । आज बिहीबारका लागि तय भएको नेपाल वायु सेवा निगमको दक्षिण कोरिया चार्टर्ड उडान स्थगित भएको हो । बिहीबारका लागि कोरियामा कार्यरत नेपाली कामदार लैजान निगमको उडान तय भएको थियो ।

दक्षिण कोरिया लैजान लागिएका सबै कामदारको स्वास्थ्य परीक्षण गर्नुपर्ने र समय लाग्ने भएकोले तत्कालका लागि उडान स्थगित गरिएको निगमले बताएकाे छ । दक्षिण कोरियाबाट विदामा आएका दुई सय ८० जना नेपाली कामदार रोजगारी गन्तव्यमा फर्किन लागेका भएपनि उनीहरुको स्वास्थ्य परक्षण गर्नुपर्ने हुन्छ ।

उडानको अर्को मिति भने तय भएको छैन । विमानको भाडा कामदारले तिर्ने गरी उडानको व्यवस्था मिलाइएको थियो । दक्षिण कोरियाबाट विदामा आएका दुई सय ८० जना नेपाली कामदार रोजगारी गन्तव्यमा फर्किन लागेका थिए । १८ वैशाख बिहान साढे १० बजे त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट निगमको वाइडबडी विमान सोलका लागि उड्ने तालिका थियो ।

नेपाल आएका कामदारको बिदा अवधि सकिएपछि गैरआवासीय नेपाली संघ कोरियाले उनीहरुलाई फर्काउने व्यवस्था मिलाएको थियो । विमानको भाडा कामदारले तिर्नेगरी उडानको व्यवस्था मिलाइएको थियो । उडानको अर्को मिति तय नभएको निगमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्