कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि स्वास्थ्यकर्मीको स्वाब परीक्षण

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ३ : ५२


कोरोना भाइरसको शङ्कास्पद लक्षण देखिएपछि बागलुङका दुई स्वस्थ्यकर्मीको स्वाब परीक्षण गरिएको छ। दुई कोरोना सङ्क्रमितको सफलतापूर्वक उपचार गरेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा कार्यरत एक चिकित्सक र एक निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको शङ्कास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो।

गुरौंका अनुसार कोरोना लक्षण देखिएका निजी क्लिनकमा काम गर्ने स्वास्थ्यकर्मी र  धौलागिरि अञ्चल अस्पतालका एक चिकित्सकको स्वाब परीक्षणका लागि पठाइएको थियो । कोरोना सङ्क्रमितको उपचार गरेको अस्पतालका चिकित्सकलाई नै लक्षण देखिएका कारण तुरुन्दै स्वाब परीक्षणका लागि पठाइएको हो। चिकित्सकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको र अर्का स्वास्थ्यकर्मीको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिनुभयो।

“सङ्क्रमितको उपचारका लागि खटिएका स्वास्थ्यकर्मीलाई लक्षण देखिँदा निकै भयभित भएका थियौं”, गुरौंले भन्नुभयो, “डाक्टरलाई कोरोना देखिएको छैन, तर सर्तकता अपनाउन निकै जरुरी छ।”


प्रतिक्रिया दिनुहोस्