इरफान खानले प्राण त्याग्नुअघि भनेका थिए ‘आमा लिन आउनुभयो’

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ३ : ३८


काठमाडाैं । भारतीय चर्चित अभिनेत इरफान खानको उपचारका क्रममा बुधबार बिहान मुम्बइको कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा मृत्यु भयो । खानले प्राण त्याग्नुअघि ‘आमा लिन आउनुभयो’ भनेकाे भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

सेलिब्रिटी फोटोग्राफर विरल भयानीले समाजिक सञ्जालमा पोष्ट गर्दै इरफानले आमा लिन आएको बताएको उल्लेख गरेका छन् । खानकी ९५ वर्षीया आमा सईदा बेगमको शनिबार निधन भएको थियो । स्वास्थ्यका कारण उनी आमाको श्रद्धाञ्जली सभामा सहभागी हुन सकेनन् ।

अभिनेता खानको बुधबार अपराह्न मुम्बईमा अन्तिम संस्कार गरिएको थियो । लकडाउनका कारण अन्त्येष्टिमा उनका दुई छोरा, श्रीमती र परिवारका केही सदस्यका साथै सीमित साथी गरेर जम्मा २० जना सहभागी भए । प्रहरीले कोरोना महामारीलाई कारण देखाउँदै शवसमेत घर लान दिएन ।


प्रतिक्रिया दिनुहोस्