फेरि भेटिन थाले चीनमा कोरोनाका नयाँ संक्रमित

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ३ : १३


कोरोना भाइरस मत्थर बनिसकेको चीनमा फेरि नयाँ संक्रमित भेटिन् थालेका छन्। चीनमा अघिल्लो दिन २२ जना नयाँ कोरोना संक्रमित फेला परेका थिए भने पछिल्लो २४ घण्टामा मात्रै ४ जना संक्रमित थपिएका छन्। 

७४ दिन लामो लकडाउन खुलेसँगै विस्तारै जनजीवन सामान्य बन्दै गएको चीनमा नयाँ संक्रमित फेला भेटिइरहेका छन्। लगातार कोरोना भाइरसका संक्रमिण भेटिन थालेपछि चीनको राजधानी बेइजिङमा त्यहाँको सरकारले जिम तथा स्वीमिङ पनि बन्द गराएको छ। 

कोरोना मत्थर बन्दै गएको चीनमा दोस्रो लहरको कोरोना संक्रमण देखिने चेतावनी दिइएसँगै त्यहाँको सरकारले धेरै संक्रमित भेटिएका स्थान सील गर्नुका साथै उच्च सर्तकता अप्नाइरहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी यतिबेला विश्वका २१० देशमा फैलिएको छ। कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख २८ हजार १९० पुगेको छ भने ३२ लाख १९ हजार २४० जना संक्रमित भएका छन्। 


प्रतिक्रिया दिनुहोस्