अमेरिका फेरि बढ्दै कोरोना संक्रमित र मृत्युदर

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  २ : ५९


काठमाडौँ । अमेरिकामा केही दिनदेखि लगातार घटिरहेको मृत्युदर फेरि बढेको छ। पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ३ सय ९० जनाको मृत्यु भएको छ भने २८ हजार ४ सय २९ जना नयाँ संक्रमित थपिएका छन्। 

यो सँगै अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या ६१ हजार ६५६ पुगेको छ भने १० लाख ६४ हजार १९४ जना संक्रमित भएका छन्। जसमध्ये १ लाख ४७ हजार ४११ जना उपचारपछि निको भएका छन् भने १८ हजार ६७१ जनाको अवस्था गम्भिर छ। जहाँ८ लाख ५५ हजार १२७ जना एक्टिभ संक्रमितको उपचार भइरहेको छ। 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१० देशमा फैलिएको छ। कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ भने ८१ हजार ६७८ जना नयाँ संक्रमित थपिएका छन्। 

यो सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख २८ हजार १९० पुगेको छ भने ३२ लाख १९ हजार २४० जना संक्रमित भएका छन्। 


प्रतिक्रिया दिनुहोस्