कोरोनाको महामारीपछि विश्वभर अर्को संकट आउने आँकलन

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  २ : ३९


काठमाडौँ । कोरोना महामारीपछि विश्वभर अर्को संकट आउने आँकलन गरिएको छ, त्यो हो गरिबी । कोरोना महामारीका कारण विश्वभरका शहरमा बसोबास गर्ने झण्डै १० करोड मानिस गरिबीको रेखामुनी धकेलिने बताइएको छ। 

कोरोनाका कारण जागिर गुमाउनेहरुले गर्दा करोड मानिस गरिबीको रेखामुनी धकेलिने विशेषज्ञले चेतावनी दिएका छन्। कोरोना महामारीका कारण यतिबेला करिब करिब संसारभरिकै आर्थिक गतिविधिहरु ठप्प छन्। 

अर्थविद्हरुले महामारीपछि संसारभरि नै आर्थिक महामन्दी आउने चेतावनी दिइसकेका छन्। विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकामा मात्रै वर्षको पहिलो चौमासिकमा त्यहाँको कुल ग्राहस्थ उत्पान ४.८ प्रतिशतमा सीमित भएको छ ।

यतिखेर अमेरिकाको अर्थतन्त्र पहिलो विश्वयुद्धलगत्तैको आर्थिक महामन्दीपछि सबैभन्दा संकटग्रस्त अवस्थामा पुगेको छ। 

पहिलो शक्तिशाली मुलुककै अवस्था दयनिय भइरहँदा अन्य मुलुकको अवस्था कस्तो रहला भनेर सजिलै अनुमान लगाउन सकिने विशेषज्ञको तर्फ छ। कोरोना महामारीपछि विश्वभर आर्थिक मन्दिसँगै लाखौँ मानिसको रोजगार गुम्ने दाबी गरिएको छ। 


प्रतिक्रिया दिनुहोस्