भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ३ : १९


काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१० देशमा फैलिएको छ। कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ भने ८१ हजार ६७८ जना नयाँ संक्रमित थपिएका छन्। 

यो सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख २८ हजार १९० पुगेको छ भने ३२ लाख १९ हजार २४० जना संक्रमित भएका छन्। 

छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। भारतमा पछिल्लो २४ घण्टामा मात्रै ७१ जनाको मृत्यु भएको छ । यो संख्या पछिल्लो २४ घण्टाकै उच्च हो। 

यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको छ ३३ हजार ६२ जना संक्रमित भएका छन्। जसमध्ये ८ हजार ४ सय ३७ जनाको उपचार सफल भएको छ भने २३ हजार ५ सय ४६ जनाको उपचार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस्