यमनमा भेटिए कोरोनाका नयाँ संक्रमित, स्थिती भयावह हुनसक्ने चेतावनी

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  १ : ५८


यमन । पाँच वर्ष लामो गृहयुद्धले ध्वस्त पारेको यमनमा कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित फेला परेका छन्। 

यमनमा कोरोनाका ५ नयाँ संक्रमित फेला परेसँगै यहाँको स्थिती भयावह हुनसक्ने आशंका गरिएको छ। कोरोना संक्रमित फेला परेको ठिक एकदिन अघि संयुक्त राष्ट्र संघले ‘युद्धले जर्जर भइसकेको यमनमा कोरोना भाइरस फैलिरहेको चेतावनी दिएको थियो।

यसअघि यमनमा एकजना मात्रै संक्रमितबारे जानकारी थियो। स्वास्थ्यकर्मीका अनुसार यमनजस्तो देशमा कोरोना संक्रमण फैलिनु निकै खतरनाक हुनसक्छ। पाँच वर्षभन्दा बढी समयसम्म चलेको गृहयुद्धले यमनलाई ध्वस्त पारेको छ र यहाँको स्वास्थ्य सेवा लगभग मृत छ।

यतिमात्रै होइन, संयुक्त राष्ट्रको आँकडा अनुसार यमनको एक करोड बढी जनसंख्या भोकमरीको स्थितीमा छ र दुई करोड जनसंख्यासँग पिउनका लागि सफा पानी, सरसफाई र अन्य मूलभूत सुविधासमेत छैन। यस्तो अवस्थामा यहाँ कोरोना संक्रमण फैलिए स्थिती भयावह हुनसक्ने संयुक्त राष्ट्र संघले चेतावनी दिइएको छ। 


प्रतिक्रिया दिनुहोस्