प्रहरी जवान मृत फेला

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ४ : १०


धनगढी । कैलालीको चुरे पहाडी क्षेत्र खिमडीस्थित प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लोकेन्द्र बोहरालाई कार्यालयमा आज बिहान मृतावस्थामा फेला पारिएको छ।

सुतेकै ठाउँमा प्रहरी जवान बोहरा मृतावस्थामा भेटिनु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो।  

गएराति खाना खाएर सुतेका बोहरालाई काम (डिउटी)मा खटाउनका लागि बिहान ब्युझाउने क्रममा मृत फेला पारिएको बस्नेतले बताउनुभयो।

अछामको पायल स्थायी ठेगाना भएका २९ वर्षीय बोहरालाई पाँच महिना अघि खिमडी प्रहरी कार्यालयमा खटाइएको थियो।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी टोली त्यसतर्फ गैसकेको छ।


प्रतिक्रिया दिनुहोस्