चित्तल मारेको आरोपमा दाङका झग्गु ओली र मानसिंह ओली पक्राउ

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १ : ०५


दाङ । दाङमा चित्तल मारेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।

मंगलबार बेलुका ५ बजेतिर पानी खान लमही नगरपालिका वडा नं ९ रिहारको तलाउमा आएको चित्तललाई मारेको अभियोगमा सोही ठाउँका झग्गु ओली र मानसिंह ओलीलाई आज पक्राउ गरिएको डिभिजन वन कार्यालय देउखुरीका डिभिजन प्रमुख प्रवीण बिंडारीले बताउनुभयो ।

रिहारमा चित्तल मारिएको भन्ने सूचनाका आधारमा पुगेको कार्यालयको टोलीले बिहान अभियुक्तलाई नियन्त्रणमा लिएको हो ।


प्रतिक्रिया दिनुहोस्