कैलाली । प्रहरी कार्यालयभित्रै एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । महोन्याल गाउँपालिका–४ खिमडीमा रहेको ईलाका प्रहरी कार्यालयमा बुधबार २९ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा मृत फेला परेका हुन् ।
राति खाना खाएर सुतेका बोहोरा बिहान मृत अवस्थामा भेटिएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय सुखडमा दरबन्दी भएका बोहरा ५ महिनादेखि खिमडीमा खटिएका थिए।