नेकपाको समस्या समाधानका लागि घनश्याम भुसालले दिए यस्ताे सुझाव

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ११ : १०


काठमाडौं । कृषि मन्त्री घनश्याम भूसालले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्ठी (नेकपा)मा देखिएको समस्या समाधानका लागि बिभिन्न सुझाव दिनुभएकाे छ ।

नेकपाका स्थायी समिति सदस्य समेत रहनुभएका भूसालले नहडबडाई संवाद गरेर संस्थागत प्रणालीभित्रै समाधान खोज्न सुझाव दिनुभएकाे हाे ।

उहाँले पहिलाे, नहडबडाउँ दाेस्राे, संवाद गराैं र तेस्राे, संस्थागत प्रणालीभित्रै समाधान खाेजाैं भन्दै सामाजिक सञ्जाल मार्फत सुझाव दिनुभएकाे छ ।

यस्तो छ उहाँको सन्देश

– २०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो । र २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गयो ।
– २०६४/६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो । र विभाजनको प्रक्रियामा गयो ।
– आज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ। र यसमा समस्या थपिँदै गएका छन्।
– समस्याले उपयुक्त समाधान खोज्छ । अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ।
– पार्टीको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरुको जगेर्ना गर्न :
पहिलो – नहडबडाउँ
दोस्रो – संवाद गरौं
र तेस्रो – संस्थागत प्रणालीभित्रै समाधान खोजौं ।
आज मुलुकले सबै कमरेडहरुबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस्