६ घण्टाको फरकमा कोरोनाबाट दम्पतीको मृत्यु

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १० : १४


काठमाडौं । कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणबाट एक वृद्ध दम्पतीको एकै दिन ज्यान गएको छ । गत शनिबार अमेरिकी राज्य विसकनसिनको विसकनसिन अस्पतालमा म्यारी केपलर र उनका श्रीमान विलफोर्डको उपचारको क्रममा मृत्यु भएको सीएनएनले जनाएको छ ।

उनीहरुले ७३ वर्ष अगाडि विवाह गरेका थिए । विलफोर्डको मृत्यु भएको ६ घण्टापछि म्यारीको मृत्यु भएको थियो । दुवैलाई कोरोना भाइरसको संक्रमण भएकाले दुवैलाई अन्तिम दिनसम्म पनि एकै कोठामा राखेर उपचार गरिएको थियो । दुवैले अस्पतालको शैंयाबाट एक अर्कासँग माया र प्रेमका कुरा गर्ने गरेको वृद्ध दम्पतीका नातिनी नटेलिया लामेकाले बताइन् ।


प्रतिक्रिया दिनुहोस्