अभिनेता खानको निधनले सिनेमा क्षेत्रलाई ठूलो क्षति : प्रधानमन्त्री मोदी

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ९ : ०५


काठमाडौं । बुधबार बलिउड अभिनेता इरफान खानको असमायिक निधन भएको छ।

कुशल अभिनेता खानको निधनले बलिउड क्षेत्र शोकमग्न बनेको छ।

उनको मृत्युलाई लिएर अहिले बलिउडाका दिग्गज कलाकारदेखि भारतीय रजानीतिकर्मीहरुले शोक व्यक्त गरिरहेका छन्।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रसिद्ध अभिनेता इरफान खानको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ट्विट मार्फत मोदीले विश्व सिनेमा क्षेत्रका लागि ठूलो क्षति भएको उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस्