थप एक जनामा कोरोना संक्रमण पुस्टि

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ८ : २९


काठमाडौं । बुधबार नेपालमा थप एक जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

वीरगन्जका एक पुरूषमा कोरोना संक्रमण भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

कोरोना भेटिएका ती व्यक्तिको थप विवरण खुल्न बाँकी छ।

यसअघि बुधबार नै तीन जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो।

तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। यो सँगै नेपालमा संक्रमित हुनेको संखया ५८ पुगेको छ।

यो पनि

नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
 


प्रतिक्रिया दिनुहोस्