कुशल अभिनेता खानको निधनले बलिउडमा आँसुको बाढी

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ८ : ०७


मुम्बई । बहुप्रतिभाका धनी बलिउड अभिनेताको इरफान खानको निधनले धेरैको आशु खसालिदिएको छ।

कोरोनाको कहरकाबीच बुधबार मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा खानले अन्तिम सास फेरेका हुन।

५४ बर्षका खान न्यूरोएन्डोक्राइन ट्यूमर रोगबाट पीडित थिए।

४ दिन अघि आफ्नी आमा गुमाएका अभिनेता खानले बुधबार आफू पनि सदाका लागि अस्ताए।

अभिनेता खानको निधनले बलिउडमा शोकको लहर चलेको छ।

कलाकार, नेता देखि शुभचिन्तकहरुले खानप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

अभिनेता खानको जन्म सन् १९६६मा भारतको जयपुर राजस्थानमा भएको हो। इरफान खानले लाइफ अफ पाई, जुरासिक वल्र्ड, पिकु, बिल्लु, हिन्दी मेडियम, अंग्रेजी मेडियम, गुन्डेजस्ता चर्चित हलिउड तथा बलिउड चलचित्रमा अभियन गरेका छन्।

थिएटरबाट सिनेमा क्षेत्रमा आएका खान अन्तराष्ट्रिय ख्याती कमाउन सफल भए। महान अभिनेता खानका केही दुर्लभ फोटोहरू यस्ता छन्।

 

 

 


प्रतिक्रिया दिनुहोस्