महोत्तरीमा एकै टोलका ४ जनाको रहस्यमय मृत्यु

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ५ : २४


काठमाडौं । महोत्तरीमा एकै टोलका ४ जनाको रहस्यमय किसिमले मृत्यु भएको छ। भंगहा नगरपालिका ७ मेघनाथ गोरहन्नाका स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, लालबाबु सिंह र बर्दिबास नगरपालिका बस्ने ५२ वर्षका गंगाराम सदाको मृत्यु भएको हो ।

सबै मदिरा सेवन गर्ने गरेका कारण विषाक्त मदिराबाट उनीहरुको मृत्यु भएको हुन सक्ने बताइएकाे छ । चारैजनाको शव गाउँलेले फरक फरक ठाउँमा जलाउन लगेपछि प्रहरीले रोक्ने प्रयास गरेकाे छ । 


प्रतिक्रिया दिनुहोस्