प्रधानमन्त्री र सभामुखबीच भेट, संसद् सञ्चालनबारे छलफल

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ४ : ४७


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाबीच बुधबार बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संघीय संसदमा प्रस्तुत गरिने आगामी बजेट, संघीय संसदको वर्षे अधिवेशन सञ्चालन लगायतका विषयमा छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो।

संविधानमै व्यवस्था भएअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकोले सरकारले कोरोना भाइरसको संकटकै बीच नयाँ आर्थिक वर्षको बजेटको तयारी थालेको छ।


प्रतिक्रिया दिनुहोस्