सलमान खानका परिवारले चोरलाई पाहुना ठाने त्यसपछि…

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ४ : ००


काठमाडौँ । बलिउड अभिनेता सलमान खानको परिवार निकै ठूलो छ र त्यहाँ मानिसहरुको आवतजावत चलिरहन्छ। 

परिवारका सदस्यका साथीभाइ लगायत परिवारमा यति धेरै पाहुना आउँछन् कि एक दिन उनले घरमा आएको चोरलाई समेत पाहुनै ठाने। 

एक अन्तरवार्ताका क्रममा सलमानका पिता सलीम खानले यो रोचक घटनाका बारेमा खुलासा गरेका थिए। सलीमका अनुसार त्यो समय सलमान निकै युवा थिए। चोर अबेर राती आएको थियो र उसले पैसा र केही सामान चोरेको थियो। 

बिहानका एक जना सदस्य कोठामा पुगेपछि आत्तिएको चोर बेडमा पस्यो। त्यो कोठामा टिभी चलिरहेको थियो र कुनै रमाइलो फिल्म आइरहेको थियो। चोरले फिल्म हेर्न थाल्यो। चोर त्यो कोठामा टिभी हेरेर सुतिरह्यो। कोठामा कयौँ मानिसहरुको आवतजावत भइरह्यो तर कसैले पनि ऊ चोर भएको चाल पाएनन्।

घरमा पाहुनाहरु धेरै आउने भएका कारण कसैले उसलाई केही सोधेनन् । किनकी सबैलाई लाग्यो ऊ परिवारकै कुनै सदस्यको पाहुना हो । केही बेरपछि कसैको दिमागका ऊ को हो भन्ने उत्सुकता भयो र सोध्यो । सोधेपछि चोर डरायो र उसले आफू चोर भएको बतायो।

चोरलाई समातेपछि उसले घरबाट चोरेका सबै सामान फिर्ता दियो। त्यसपछि परिवारले उसलाई पुलिसको जिम्मा लगाउने निर्णय गरेपनि लगाएनन्। त्यो चोरले पहिलो पटक आफूले चोरी गरेको बताएको थियो। 


प्रतिक्रिया दिनुहोस्