इरफान खान आईसीयूमा भर्ना

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ३ : २९


काठमाडौँ । बलिउड अभिनेता इरफान खानको स्वास्थ्य अवस्था बिग्रिएपछि मुम्बईको कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था किन बिग्रियो र उनको समस्या के हो र आईसीयूमा किन भर्ना गरियो, अहिले यसबारेमा कुनै जानकारी सार्वजनिक भइसकेको छैन ।

अस्पतालले इरफान खानको स्वास्थ्य अवस्था बिग्रिएको र आईसीयूमा भर्ना गरेको बाहेक अरु जानकारी दिन मानेका छैनन् । इरफान खानका एक प्रवत्ताले निकालेको बयानमा भनिएको छ, ‘इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको कुरा साँचो हो । उनलाई कोलन इन्फेक्शन भएको छ ।'

फिल्म ‘अङ्ग्रेजी मिडियम’ का क्रममा उनको स्वास्थ्य स्थिति बिग्रिएको बताइन्छ । यस कारण कैयौँ पटक शुटिङ नै रोकिएको थियो । जब इरफान खान राम्रो भएको महसुस गर्थे तब शुटिङ हुन्थ्यो । भर्खरै मात्र इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्