आज बुधबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १ : ००


मिति २०७७ साल वैशाख १७ गते, बुधबार । ईश्वी सन् २०२० अप्रिल २९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि-षष्ठी।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उत्पादित उद्योगमा गरेको लगानीबाट न्युन प्रतिफल प्रप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ भने आफ्ना भनाईहरु जन मानसमा लैजान सकिनेछ । 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा थोरै समय दिदापनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागी लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ। 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  शारिरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै सघर्ष गर्नुपर्ला । 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  माया प्रेममा नजिक हुने समय रहेकोछ । घरमै बसेर गरिने अध्ययनले वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।
 
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ।
 
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथीको सहयोगले राम्रा कामहरु सम्पादन हुनेछन् । धर्म तथा धार्मिक प्रविति मनमा हावी हुनेछ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ। माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथिको साथ रहने हुनाले काम गर्न उर्जा थपिनेछ । भौतिक तथा विलाशी बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा भने मन्दि आउँने तथा घाटा लाग्नेछ । पुराना स्वास्थ्य सम्वन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खोज तथा अनुशन्धानमा उपलव्धी मुलक नतिजा नआए पनी आगामी दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिससँग मनमुटाव बढ्नेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाथ लिन सकिनेछ। 


प्रतिक्रिया दिनुहोस्