कोरोना संक्रमित व्यक्तिलाई पनि स्वस्थ देखाउन थालेपछि जनकपुरको ल्याब बन्द

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ४ : ००


जनकपुरधाम । कोरोना संक्रमित व्यक्तिको रिर्पोट पनि नेगेटिभ देखाएपछि जनकपुरस्थित प्रादेशिक अस्पतालको ल्याब बन्द गरिएको हो। एक पछि अर्को कोरोना संक्रमित व्यक्तिको रिर्पोट पनि नेगेटिभ देखाउन थालेपछि ल्याब बन्द गरिएको हो।

जनकपुरस्थित प्रादेशिक अस्पतालको ल्याबमा कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि सर्लाहीको क्वारेन्टाइनमा रहेका १४ वर्षीय किशोर घर फर्किए। त्यसको केही दिनमै टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा त्यही किशोरको रिपोर्टे पोजेटिभ आयो ।

रौतहटका दुई जनाको दुई पुरुषको पनि जनकपुरमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो। क्वारेन्टाइनमा बसेका उनीहरु घर फर्किए। त्यसको १० दिनपछि टेकुमा गरिएको परीक्षणमा दुबैमा कोभिड–१९ को संक्रमण पुष्टि भएको भयो। 

एकपछि अर्को रिपोर्ट फेल खाएपछि जनकपुरमा स्थापना गरिएको ल्याब नै बन्द गरिएको हो। जनकपुरमा २१ चैतदेखि पिसिआर मेसिन जडान भएर थ्रोट स्वाब परीक्षण शुरु भएको थियो। प्रादेशिक स्वास्थ्य निर्देशनालयकाअनुसार अहिलेसम्म १०२ वटा स्वाब परीक्षण भएको छ र सबैको रिपोर्ट नेगेटिभ आएको छ।

यही नेगेटिभ देखिएकामध्ये तीन जनाको टेकुमा पुनः परीक्षण गर्दा पोजेटिभ आएपछि यो पीसीआर मेसिनबाट परीक्षण नै बन्द गरिएको छ। प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले तत्कालका लागि परीक्षण स्थगन गरिएको बताउनुभएको छ। 


प्रतिक्रिया दिनुहोस्