नेपाली नायिकाले मोडलिङ गरेको बलिउड गीत सार्वजनिक

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ३ : ३४


काठमाडौँ । नेपाली नायिका रिस्ता बस्नेतले मोडलिङ गरेको एक हिन्दी गीतको म्यूजिक भिडियोमा सार्वजनिक भएको छ। उनी अभिनित ‘साथिया तेरे विना’ बोलको भिडियो हालै प्रदर्शन भएको हो। 

जी म्यूजिक कम्पनीको युटुब च्यानलबाट रिलिज भएको यो भिडियोको छायांकन नेपालमै गरिएको हो। यो गीतको भिडियोमा रिस्ताको साथमा भारतीय मोडल मञ्जुल खट्टरको अभिनय छ।

नृत्य निर्देशक कमल राईले कोरियोग्राफी गरेको यो गीतको भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन छ। कञ्चनजङ्घा सिने क्रियसनको निर्माणमा तयार भएको भिडियोलाई सम्राट शाक्यले निर्देशन गरेका हुन्। कात्तिक कुस र ज्योतिका तङ्गीको आवाज रहेको यो गीतमा पुनित अवस्थीको संगीत, संजिव पाण्डेको शब्द छ।


प्रतिक्रिया दिनुहोस्