बहराइनमा थप ७२ नेपालीमा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या १२१ पुग्यो

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ३ : ०९


काठमाडौँ । बहराइनमा थप ७२ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यो सँगै बहराइनमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ।

यसअघि बहराइनम ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो। सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ। 

बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन्।


प्रतिक्रिया दिनुहोस्