सयौँ कोरोना संक्रमितको ज्यान बचाएकी डाक्टर, आफैले गरिन् आत्महत्या

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  २ : १२


कोरोनाको उपचारमा खटिएकी एक अमेरिकी डाक्टरले आत्महत्या गरेकी छिन्। कोरोना संक्रमतिको मृत्युबाट हैरान भएकी ती डाक्टरले आफ्नै ज्यान लिएको बताइएको छ। 

अमेरिकाको न्यूयोर्ककी डाक्टर लोर्ना एम ब्रीनको सुझबुझ र मिहिनेतले धेरैको जीवन बन्यो । उनी सधैँ त्यस्ता बिरामीको उपचारमा खटिइन् जो मृत्युसँग संघर्ष गरिरहेका हुन्थे।

कोरोना संक्रमितको मृत्युबाट हैरान भएकी ती डाक्टरले आफैलाई मृत्यु तर्फ धकेलेकी हुन्। उनी अमेरिकाको कोरोना भाइरस (कोभिड-१९) केन्द्र न्युयोर्क शहरको अस्पतालमा कार्यरत थिइन्। अमेरिकी सञ्चार माध्यमहरुका अनुसार उनी न्युयोर्ककै ख्यातीप्राप्त आरटी (इमर्जेन्सी रुम) डाक्टर थिइन्। पछिल्लो समय लोर्ना म्यानहटनस्थित प्रेस्वेटरियन अस्पतालमा कोरोना संक्रमितको उपचारमा थिइन्।

'उनीले आफ्नो ड्युटी सधैँ कुशलतापूर्वक निर्वाह गरिन्। त्यसले नै उनलाई मृत्युतर्फ धकेल्यो', उनका पिता फिली ब्रिनले  भने।

न्युयोर्कबाट भर्जिनियास्थित बुवाआमाको घर फर्किएर उनले आत्महत्या गरेकी हुन्। अस्पतालमा दर्दनाक दृश्यबाट उनी निकै दुखी र चिन्तित थिइन्। उनले परिवारसँग पनि अस्पतालको दर्दनाक दृष्यका बारेमा बताएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस्