चर्चित बलिउड अभिनेता इरफान खान आईसीयूमा भर्ना

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १ : ५३


भारत । अचानक स्वास्थ्यमा समस्या देखिएपछि बलिउड अभिनेता इरफान खान भर्ना भएका छन्। उनलाई मुंबईस्थित कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको हो। 

केही दिनअघि उनकी आमा सईदा बेगमको निधन भएको थियो । लकडाउनका कारण उनी आफ्नी आमाको अन्तिम संस्कारमा समेत उपस्थित हुन पाएका थिएनन्। उनले भिडियो कन्फ्रेन्स मार्फत आमाको अन्तिम दर्शन गरेको बताइएको थियो। 

आमाको निधन भएको केही दिनमै उनको पनि स्वास्थ्यमा समस्या देखिएको हो। दुई वर्ष अघि उनलाई न्यूरो इंडोक्राइन ट्यूमर भएको थियो। उनले ट्वीट मार्फत आफूलाई ट्यूमर भएको बताउँदै फ्यानको माया र सद्भावले बाँच्ने आँसा जागेको बताएका थिए। 

५४ वर्षीय इरफानको लण्डनमा उपचार भइरहेको थियो। उपचारका क्रममा रहेका कारण उनी लामो समय बलिउडबाट टाढा पनि रहेका थिए।

यो पनि 

आफ्नै आमाको अन्तिम संस्कारमा पनि जान पाएनन् बलिउड अभिनेता इरफान खान

शोकमा डुब्यो अभिनेता इरफान खानको परिवार, आमाको निधन


प्रतिक्रिया दिनुहोस्