रातारात सामान चोरेको भिडियो भाइरल भएपछि भरतपुर कोरोना अस्पतालमा अख्तियारको छापा

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १ : २५


चितवन । रातारात कर्मचारीले सामान ओसारेको सीसीटीभी फुटेज भाइरल भएपछि भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियार दुरुपयोग अनुसान्धान आयोग हेटौँडाको टोलीले छापा मारेको छ। 

अनियमितता भएको आशंकामा आयोगले छापा मरेको हो। प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो। 

कर्मचारीले नै सामान ओसारेको सीसीटीभी फुटेज बाहिरिएपछि सामग्रीको अनियमितता भएको आशंकामा अख्तियारले छापा मारेको हो। अस्पतालमा कार्यरत कर्मचारीले सामान चोरी गरेको आरोप लागेको छ। आरोप लागेपछि भरतपुर कोरोना नियन्त्रण कार्यदलले छानबिन समिति समेत बनाएको थियो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाडाका प्रमुख शिवकुमार कार्कीको नेतृत्वमा आएको टोलीले अस्पतालका कागजपत्रहरु नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस्