लकडाउनमा पनि हुन्छन् सवारी दुर्घटना, धादिङमा एकको मृत्यु

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १ : ०३


काठमाडौं । धादिङको धुनीबेसी नगरपालिका–९ मा आज टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

दुर्घटनामा धुनीबेँसी नगरपालिका–९ का ३० वर्षीय अमृत बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो।

नगरपालिकाको कच्ची बाटोमा बा५ख ६७७५ नं. को टिप्पर सडकबाट ५० मिटर तल खसेको थियो।

लकडाउनको बेला टिप्पर किन चलाइएको हो भन्ने खुलेको छैन।


प्रतिक्रिया दिनुहोस्