काठमाडौं । नेकपाका कार्यकर्ताहरुले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विखण्डनकारी भन्दै चर्को नाराबाजी गरेका छन् । सरकारी वकिलको कार्यालय बबरमहल अगाडि उनीहरुले डा. बाबुराम भट्टराईबिरूद्ध नारावाजी गरेका हुन् ।
यसअघि डा. बाबुराम भट्टराईलगायतका बिरूद्ध साइबर क्राइमको मुद्दा दर्ता गर्न खोजिएको थियो । तर सरकारी वकिलको कार्यालयले भने मुद्दा दर्ता गरेन । सरकारी वकिलको कार्यालयले ‘अहिले निवेदन छाडेर जानुस, एक हप्ता अध्ययन गरेर बोलाउँछौ’ भन्ने जवाफ दिएको बताइएको छ ।
नेकपाका कार्यकर्ताले सरकारी वकिलको कार्यालय अघि पुर्व प्रम वावुराम भट्टराई बिरूद्ध नारावाजी गरेका छन। #बबरमहल pic.twitter.com/Q1GzRzGmzJ
— Prakash Timalsina (@prakashujyalo) April 28, 2020