लकडाउन उल्लंघनको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १२ : १३


काठमाडौं । लकडाउन उल्लंघनको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा भएका छन् । सर्वोच्च अदालतले ललितपुरमा पक्राउ परेका शालीलाई रिहा गर्न आदेश दिएको थियो ।

मंगलबार शाहीलाई रिहा गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो ।

उनी लकडाउन उल्लंघनको आरोपमा वैशाख ९ गते पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस्