सुनसरीमा पिकअप भेनबाट पैसा फ्याँक्दै मानिस हिडेपछि…

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ११ : ४१


इटहरी । सुनसरीकाे दुहवी नगरपालिका वडानम्बर ३ मा पिकअप भेनबाट पैसा फ्याँक्दै मानिस हिडे पछि प्रहरीले सर्कता अपनाएकाे छ। जनकपुर पछि सुनसरीकाे विभिन्न स्थामा बेवारिसे पैसा फेला परेकाे छ । सुनसरीमा पैसाको नोट फाल्ने क्रम बढे सँगै सर्वसाधरण त्रसित समेत भएका छन्। सुनसरीको दुहवीमा ५ सय र १ सयको नोट प्रहरीले सडकमा फेला पारेकाे थियाे ।

पैसा फालेर पिकअप भ्यान इटहरी तिर हुईकिएको स्थानियले बताएका छन । पैसा कसले र किन फाल्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएकाे छ । केहि दिन अघि घरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठानको गाईनो वार्डमा पनि २० रुपैया र १० रुपैयाँको नोट भेटिएको थियो ।


प्रतिक्रिया दिनुहोस्