नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो, आज थपिए २ जना

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १० : ४२


काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ५४ पुगेको छ।

भारतबाट फर्किएका रौतहटका दुई जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मंगलबारको परीक्षणमा थप २ जनामा कोरोना भाइरस संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमित केस ५४ जनामा देखिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परीक्षणमा उनीहरुको कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनुभयो।

हालसम्म १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने ३९ जनाको उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्