प्रतिष्ठानले बन्द गराएको औषधि पसल सञ्चालन गर्न मन्त्रालयद्वारा प्रजिअलाई पत्र

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १० : ३४


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाङका प्रमुख जिल्ला अधिकारीलाई घोराहीस्थित साझा स्वास्थ्य सेवाको औषधि पसल सञ्चालन गर्न पत्राचार गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले लकडाउनजस्तो सम्वेदनशील अवस्थामा बन्द गराएको साझा औषधि पसल सञ्चालन गराउन प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेको हो ।

पत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको साझा स्वास्थ्य सेवा विश्वभर महामारीको रुपमा फैलिएको कोभिड– १९ को बेला औषधि पसल बन्द रहेकोमा पछि भएको सम्झौताअनुसार हुनेगरी हाललाई साझा स्वास्थ्यबाट सञ्चालित औषधि पसल सञ्चालन हुने व्यवस्था गर्न भनिएको छ । बैशाख १६ गतेको मितिमा लेखिएको पत्र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पनि बोधार्थ पठाइएको छ ।
 


प्रतिक्रिया दिनुहोस्