बंगलादेशमा कपडा कारखाना खुल्यो

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ९ : ४९


काठमाडौं । बंगलादेशमा लकडाउन जारी भए पनि निर्यातका पुराना मागहरू पूरा गर्ने दबावबीच राजधानी ढाका लगायतका केही कपडा उद्योगहरू खुलेका छन्। कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण बाङ्ग्लादेशलाई निर्यातबाट आउने छ अर्ब डलर बराबरको राजस्वमा ठूलो असर पर्ने बताइएको छ।

तर कारखानाहरू खोल्ने निर्णयले कोभिड(१९ लाई फैलाउने चिन्ता पनि व्यक्त भएका छन्। बाङ्ग्लादेशमा ५,९०० भन्दा बढी मानिसलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ भने १५२ जनाको मृत्यु भइसकेको छ।


प्रतिक्रिया दिनुहोस्