साढे तीन महिनापछि भेटियो हिउँमा पुरिएको शव

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ८ : ५५


काठमाडौं । अन्नपूर्ण क्षेत्रमा साढे तीन महिनाअघि हिउँ पहिरोमा पुरिएका एक विदेशीको शव नेपाली सेनाले फेला पारेको छ।

कास्कीको अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा पुरिएका एक कोरियनको शव साढे तीन महिनापछि भेटिएको हो।

गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका १ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका तीन जना नेपाली गाइड तथा चार जना कोरियन पर्यटकहरु पुरिएका थिए। यीमध्ये २ जना नेपाली र दुई जना कोरियनको शव पहिले नै फेला परेको थियो।

विशेष फौज बाहिनीअन्तर्गत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको खोज तथा उद्धार टोलीले थप एक कोरियनको शव फेला पारेको हो।

नेपाली सेनाको टोलीले हराइरहेका बाँकी एक जना नेपाली र एक जना कोरियन नागरिकको सम्भावित स्थानमा खोजी कार्य जारी राखेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्